Skip This
कम्प्युटर सोर्स कोड चोरीको आरोपमा एकजना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ६ बिहीबार १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्प्युटर सोर्स कोड चोरीको आरोपमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १७:४४:oo

कम्प्युटर सोर्स कोड (स्रोत संकेत) चोरीको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एकजनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित पावर ब्रेन कम्पनीमा कार्यरत बाराको महागढीमाई नगरपालिका– १ का ३१ वर्षीय उमेशकुमार गुप्ता पक्राउ परेका ब्युरोले जनाएको छ।

‘निओ एचआरआइएस’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पुर्‍याएको आरोपमा गुप्ता पक्राउ परेका हुन्।

ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।