१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
रासस महोत्तरी
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : माधव नेपाल

Read Time : < 1 मिनेट
रासस, महोत्तरी
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन्।

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे।

‘जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यका साथ सरकारसँग सहकार्य गरिएको हो,’ अध्यक्ष नेपालले भने, ‘सरकारसँगको सहकार्य हाम्रा कारणले टु्ट्दैन।’ यद्यपि, सत्तागठबन्धनमा सहभागी दलहरूबीच सघन संवाद भने हुन नसकेको उनको गुनासो थियो।

‘सरकार सञ्चालन गर्न सत्तागठबन्धन दलहरूबीच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्त रूपमा हुन सकेको छैन,’ अध्यक्ष नेपालले भने। गठबन्धन दलहरूबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनुपर्ने उनको सुझाव छ।