मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Monday, 16 December, 2024
२o८१ असार ४ मंगलबार १o:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बस र टिपर एक–आपसमा ठोक्किँदा २१ जना घाइते, तीनकाे अवस्था गम्भीर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १o:५३:oo

झापाको कमल गाउँपालिकामा बस र टिपर एक–आपसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल– ४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.३ख २१६६ नम्बरको टिपर र विपरीत दिशातर्फबाट जाँदै गरेको को.१ख ५०८७ नम्बरको यात्रुवाहक बस एक–आपसमा ठक्कर खाएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी बसमा सवार २१ जना  यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण चन्दले जानकारी दिए । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अवस्था सामान्य रहेकाको दमकस्थित दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

अवस्था गम्भीर रहेकालाई दमकमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल र विराटनगरस्थित न्युरो अस्पताल लगिएको प्रवक्ता चन्दले जानकारी दिए । बसचालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपरचालक धनुषाको गणेशमान नगरपालिका– ५ का ३४ वर्षीय शेरबहादुर राईलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको  छ ।