१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

हत्याका फरार अभियुक्त २० वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १६:५१:oo

मकवानपुर प्रहरीले हत्या मुद्दाका एक फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– १ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइबा छन्।

हत्या अभियोगमा सर्वोच्च अदालतबाट १६ वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाइएका वाइबालाई २० वर्षपछि पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

अदालतले कैद र दण्ड–जरिवाना तोकिएका, तर फरार रहेका अभियुक्तहरूको खोजी गर्ने क्रममा वाइबालाई घरबाटै पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए ।

प्रवक्ता भण्डारीका अनुसार वाइबाले ३ जेठ ०६१ मा काठमाडौं महानगरपालिका– ३५ का ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई कुटपिट गरी निजको साथमा रहेको नगद ५० हजार लुटेर भिरबाट लडाइ हत्या गरी फरार भएका थिए । तरकारी व्यापारको निम्ति मार्खु आएका वेला वाइबाले पराजुलीको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो।

वाइबालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७० मा कैद र जरिवानाको सजाय सुनाएको थियो।

यस्तै, जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०८०/८१ को ११ महिनामा दुई सय ३७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ। प्रहरीले पक्राउ गरेका दुई सय ३९ जना फरार अभियुक्तमध्ये एक सय ९७ जना पुरुष र ४१ जना महिला छन्। उनीहरूबाट प्रहरीले एक सय आठ वर्ष चार महिना २९ दिन कैद र ३९ लाख ३२ हजार रुपैयाँ असुली गरेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

ad
ad
ad
ad