१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
रासस काठमाडौं
२o८१ असार ३ सोमबार १६:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १६:३३:oo

संघीय संसद् सचिवालयका कर्मचारीको सेवा–सुविधासम्बन्धी उचित माग सम्बोधन गर्न पहल गरिने भएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र पार्टीका प्रमुख सचेतक–सचेतकसहितको छलफलमा माग सम्बोधन गर्न पहल गर्ने निर्णय गरिएको हो।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको बैठकमा संघीय संसद् सचिवालयका कर्मचारीले सेवा सुविधासम्बन्धी उठाएका आधारभूत मागलाई अर्थ मन्त्रालयसँगको परामर्शमा टुंग्याउने सहमति भएको हो।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहान सबेरैदेखि राति अबेरसम्म काम गर्नेुपर्ने भएकाले संसद्को कार्यप्रकृति फरक रहने हुँदा कर्मचारीले गरेको श्रमअनुरूपको सेवासुविधा समयानुकूल परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको जानकारी दिए।

‘१५ वर्षअघि निर्धारण गरिएका कतिपय सेवा–सुविधा परिमार्जन गरी उपलब्ध हुनुपर्छ भन्ने विषयमा सबै राजनीतिक दलबीच सहमति भएको छ,’ उनले भने। संसद् सञ्चालन गर्न सरकारले आवश्यक अर्थको प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै प्रमुख सचेतक लेखकले प्राप्त बजेटलाई संसद्ले पनि मितव्ययी ढंगले खर्च गर्न सुझाव दिए।

नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले संघीय संसद् सचिवालयका कर्मचारीले उठाएका न्यायोचित माग पूरा गर्नुपर्छ भन्नेमा सबै दलबीच मतैक्यता भएको प्रतिक्रिया दिए।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सचेतक गोपी अछामीले संसद् सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीले उठाएका आधारभूत माग अर्थ मन्त्रालयसँग छलफल गरी टुंग्याउनुपर्छ भन्नेबारे बैठकमा सबैको एउटै धारणा रहेको बताए।

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेल्वासेले भने कर्मचारीका मागका सन्दर्भमा सभामुख, अध्यक्षसहितका पदाधिकारीसँग भएको प्रारम्भिक छलफलमा अर्थ मन्त्रालयसँग परामर्श गरी जानकारी गराउने भन्ने  सूचना मात्र प्राप्त भएकाले कुनै सहमति नभएको स्थितिमा आन्दोलन फिर्ता नभएको प्रतिक्रिया दिए।

अतिरिक्त कामबापतकाे प्रोत्साहन भत्ता दिइनुपर्नेलगायत ११बुँदे माग राखी युनियनले आन्दोलन गर्दै आएको छ। युनियनको हालको सबै माग सम्बोधन गराउन वार्षिक करिब रु. १० करोड थप व्ययभार लाग्ने अनुमान गरिएको छ।

ad
ad
ad
ad