१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

काभ्रेमा इन्डाे–नेपाल सोतोकान कराँते प्रतियोगिता हुने

भारतको २५ प्रान्तबाट २५० र नेपालका ३५० जनाले भाग लिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १५:११:oo

काभ्रेमा अन्तर्राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराँते संघको आयोजनामा छैटाैँ इन्डाे–नेपाल फ्रेन्डसिप सोतोकान कराँते प्रतियोगिता हुने भएको हो ।

आयोजकले सोमबार बनेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएका हुन्। संघका संस्थापक एवं प्रमुख प्रशिक्षक हेमकुमार श्रेष्ठका अनुसार काठमाडौं विश्वविद्यालयको कभर्डहलमा असार ७ र ८ गते प्रतियोगिता हुनेछ।

नेपालको कराँतेको विकास र भारतसँगको मैत्रीपूर्ण सम्बन्धका लागि प्रतियोगिता आयोजना गरेको श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गर्ने छन्।

प्रतियोगितामा भाग लिन भारतको २५ वटा प्रान्तबाट करिब दुई सय ५० जना र नेपालको ४९ जिल्लाबाट तीन सय ५० जना गरी करिब ६ सयजना महिला तथा पुरुष खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख बजेट आवश्यक पर्ने अनुमान गरिएको छ। बजेट विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थासहितका प्रायोजकबाट संकलन गर्ने आयोजकको तयारी छ।
 

ad
ad
ad
ad