१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ३ सोमबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

अस्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्ग’मा फर्किएको चीनको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १५:o७:oo

चीनले मुख्य व्यापारिक साझेदार अस्ट्रेलियासँगको आर्थिक विवाद ‘सही मार्ग’मा फर्किएको जनाएको छ। बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको हो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजसँग वार्ता गर्नुअघि चिनियाँ प्रधानमन्त्री ली किआङलाई क्यानबेराको संसद् भवनमा भव्य स्वागत गरिएको थियो।

सन् २०१७ पछि भ्रमण गर्ने उच्चपदस्थ चिनियाँ अधिकारीका रूपमा लीले आफ्नो अस्ट्रेलिया भ्रमणले सम्बन्ध सुधार र स्थिर विकासको सही बाटोमा रहेको बताए।

उनले अस्ट्रेलियाली नागरिकलाई चीनमा सीमित भिसामुक्त पहुँच प्रदान गर्ने शाखाको पनि प्रस्ताव गरे। ‘हामी सधैँ सहमत हुनेछैनौँ र यदि हामी असहमत भएका विन्दुलाई मौन छोड्छौँ भने त्यो समाधानको बाटो हुनेछैन,’ अल्बानिजले भने।  

प्रधानमन्त्री लीले आपसी सम्मान, मतभेद र पारस्परिक फाइदाजनक सहयोगलाई त्यागेर साझा आधार खोज्नु सम्बन्धका लागि महत्त्वपूर्ण भएको बताए।

लीको चारदिने भ्रमणले प्रमुख अस्ट्रेलियाली निर्यातको शृंखलाविरुद्ध लगाइएका दण्डात्मक उपायहरू हटाउने र यसले चीनको अस्ट्रेलियासँगको व्यापार वृद्धिको सम्भावना बढाउने बेइजिङले विश्वास लिएको छ। 

चीन अस्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । उसले गत वर्ष प्रमुख वस्तुहरू फलाम, कोइला र खनिज पदार्थसहित आफ्नो निर्यातको लगभग ३० प्रतिशत हिस्सा ओगटेको थियो ।

सन् २०२३ मा दुईतर्फी व्यापार तीन सय २७ अर्ब अस्ट्रेलियन डलर (२१६ अर्ब डलर) पुगेको थियो । सन् २०२० मा अतिराष्ट्रवादी चिनियाँ सरकारसँगको कूटनीतिक दरारका कारण चिनियाँ प्रतिबन्धका कारण कोइला, काठ, जौ, गाईका मासुका साथै वाइनको निर्यातमा समस्या भएको थियो । 

ती प्रतिबन्धहरूले अस्ट्रेलियाली निर्यातकर्ताहरूलाई एक वर्षमा अनुमानित २० अर्ब अस्ट्रेलियाली डलर (१३ अर्ब अमेरिकी डलर) घाटा लागेको थियो । (रासस/एएफपी)

ad
ad
ad
ad