१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अत्यावश्यक वस्तुमा बन्द, हडताल गर्नेमाथि कानुनी कारबाही गर्न कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार १४:५१:oo

नेपाली कांग्रेसले अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री–वितरणमा अवरोध हुँदा उपभोक्ताले निर्वाध रूपमा प्रयोग गर्न पाउने हकबाट वञ्चित भएकामा सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टीको आपूर्ति तथा उपभोक्ता विभागले सोमबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको अभावमा नागरिक आतंकित बन्ने वातावरण बनेकाले तत्काल आपूर्ति व्यवस्था सहज गराउन सरकारसँग माग गरेको हो।

विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न नेपाल सरकार, नेपाल आयल निगम, निगमको सञ्चालक समिति, निगम व्यवस्थापन र पेट्रोलियम ढुवानी व्यवसायी महासंघसँग माग गरे।

बजारमा कृत्रिम अभाव, कालोबजारी हुँदै आपूर्तिको शृंखलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुमा बन्द, हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थाविपरीत कार्य गर्नेमाथि कानुनबमोजिम कारबाही गर्नसमेत कांग्रेसले माग गरेको छ।

विधिको शासन र कानुनी राज्यको अनुभूतिका लागि आवश्यक व्यवस्था मिलाई संविधानप्रदत्त उपभोक्ताको मौलिक अधिकार संरक्षण र प्रवर्द्धनका लागि कांग्रेसले सरोकार भएका सबैसँग अनुरोध गरेको छ। रासस

ad
ad
ad
ad