चर्चित लेखिका अरुन्धती रोयलाई भारतमा आतंकवादविरोधी कानुनअन्तर्गत मुद्दा चलाइने भएको छ । दिल्लीका उपराज्यपाल बिके सक्सेनाले बुकर पुरस्कार विजेता रोयलाई गैरकानुनी गतिविधि (रोकथाम) ऐन (युएपिए)अन्तर्गत मुद्दा चलाउन अनुमति दिएका छन् ।
रोयसँगै कस्मिर केन्द्रीय विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका पूर्वप्राध्यापक शेख सौकत हुसेनलाई पनि उही मुद्दा चलाइने भएको छ । १४ वर्षअघि कस्मिरमा दिएको एक भाषणका आधारमा रोयमाथि मुद्दा चलाइने भएको हो ।