१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Wednesday, 26 June, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ असार ३ सोमबार o८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप : नेपाललाई हराउँदै बंगलादेश सुपर आठमा 

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार o८:४३:oo

नेपाललाई २१ रनले हराउँदै बंगलादेश आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा टस हारेर ब्याटिङ गरेको बंगलादेशले चार बलअघि अलआउट हुँदै एक सय सात रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

प्रत्युत्तरमा नेपाल १९.२ ओभरमा अलआउट हुँदा मात्र ८५ रन बनायो । नेपालले चौथो खेलमा पनि १७ ओभरपछि राम्रो प्रदर्शन गर्न सकेन । पछिल्लो तीन विकेट गुमाउँदा एक रन पनि जोड्न सकेन । 

समूह ‘डी’मा लगातार चौथो जितसँगै दक्षिण अफ्रिका सुपर ८ मा प्रवेश गरिसकेको छ । नेपाललाई हराएको बंगलादेशले पनि चार खेलबाट ६ अंक बनाउँदै सुपर आठमा स्थान बनायो । नेपाल र श्रीलंका यसअघि नै समूह चरणबाटै बाहिरिएका थिए  । 

नेपालको इनिङ्समा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले ५८ बलमा ५२ रनको साझेदारी गरेका थिए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन बनाए । कुशल मल्लले ४० बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २७ रन बनाएका हुन् । 

यसअघि ओपनर कुशल भुर्तेल चार, अनिश शाह शून्य तथा कप्तान रोहितकुमार पौडेल र सन्दीप जोरा एक रन बनाएर पेभिलियन फर्किए । आशा गरिएका अलराउन्डर गुल्सन झा, सोमपाल कामी शून्यमा आउट हुन पुगेपछि नेपाल दबाबमा आएको थियो । 

नाजिम हसन सकिवले चार बलमा दुई मेडनसहित सात रन खर्चेर सर्वाधिक चार विकेट लिए । मुस्तफिजुर रहमानले चार ओभरमा एक मेडनसहित सात रन दिएर तीन विकेट लिएका थिए । सकिव अल हसनले दुई विकेट लिए । तास्किन अहमेदको नाममा एक विकेट रह्यो । 

यसअघि नेपाली बलर हाबी भएपछि टेस्ट राष्ट्र बंगलादेशले दबाबमा आएको थियो । सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको नाममा समान दुई विकेट रह्यो । दुई खेलाडी रनआउट भएका थिए । 

बंगलादेशविरुद्ध दुई विकेट लिएका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनी समग्रमा कम बलमा एक सय रन पूरा गर्ने दोस्रो खेलाडी बने । अफगानिस्तानका कप्तान रसिद खान पहिलो स्थानमा छन् । दक्षिण अफ्रिकाविरुद्ध चार ओभरमा चार विकेट लिएका कुशल भुर्तेल बंगलादेशविरुद्ध भने विकेटविहीन भए । उनले चार ओभरमा २२ रन खर्चिए । 

पहिलो बलमै सोमपाल कामीले ओपनर तान्जिद हसनलाई आफ्नै बलमा क्याच आउट गर्दै दबाब सिर्जना गरेका थिए । अलराउन्डर सकिब अल हसनले २२ बलमा सर्वाधिक १७ रन बनाए । उनलाई कप्तान रोहितले एलबिडब्लू धरापमा पारेका थिए । बंगलादेशका लागि महमुदुल्लाह र सकिवले २० बलमा सर्वाधिक २२ रनको साझेदारी गरेका थिए । 

यसअघि नेपाल टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । नेदरल्यान्ड्ससँग पहिलो खेलमा ६ विकेटले हारेको थियो । श्रीलंकाविरुद्धको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।
 

ad
ad
ad
ad