१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २४ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिकाकर्मी हदिश खुद्दार (बायाँ)
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २४ बिहीबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

समाचार संकलनका क्रममा नयाँ पत्रिकाकर्मी खुद्दारमाथि धरपकड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २४ बिहीबार १७:३८:oo

नयाँ पत्रिकाका जनकपुर संवाददाता हदिश खुद्दारमाथि प्रहरीले धरपकड गरेको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि भइरहेको प्रदर्शनको समाचार संकलनका लागि पुगेका खुद्दारलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको  हो।

खुद्दारले आफू पत्रकार रहेको जानकारी गराउँदा गराउँदै पनि प्रहरी निरीक्षक नवराज खड्काको निर्देशनमा प्रहरी जवान रूपेशकुमार यादवसहितले समातेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएका थिए। तर, पछि प्रहरी निरीक्षक रामविनय सिंहले खुद्दारलाई छोड्न लगाएका हुन्।

घटनापछि पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णसहितको टोलीले दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारको टोलीले खुद्दारमाथि धरपकड गर्नेलाई कारबाहीको माग गरे।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी रन्जन अवाले पनि तीन दिनभित्र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२० मा पाँच दिनअघि खुकरी प्रहार भएपछि पीडितले प्रहरीमा जाहेरी दिए पनि दर्ता गर्न मानेको थिएन। त्यही भएर पीडितहरू बिहीबार प्रहरी कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका थिए।

प्रदर्शनको फोटो खिच्ने क्रममा दिउँसो करिब सवा १२ बजे प्रहरी इन्सपेक्टर नवराज खड्काले खुद्दारको मोबाइल खोस्न लगाएका थिए। जब कि खुद्दारले आफू पत्रकार रहेको जानकारी गराएका थिए।

प्रहरी निरीक्षक रामविनय सिंहले मोबाइल फिर्ता गर्न लगाएपछि खुद्दार पीडितसँग कुराकानी गरिरहेका थिए। त्यही वेला प्रहरीले पीडितमाथि लाठी चार्ज गरेपछि खुद्दारले भिडियो खिच्न खोजेका थिए। प्रहरीले मोबाइल खोसेर उनलाई नजिकै रहेको प्रहरी कार्यालय पुर्‍याएको थियो। जिल्ला प्रहरी कार्यालय लगेपछि प्रहरी निरीक्षक खड्काले खुद्दारलाई थुन्न आफूमातहतका प्रहरीलाई निर्देशन पनि दिएका थिए।

ad
ad
ad
ad