१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 03 July, 2024
२o८१ जेठ १६ बुधबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी मानदत्त रावल पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १o:३५:oo

नयाँ पत्रिका दैनिकका जुम्ला संवाददाता मानदत्त रावल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जुम्ला शाखाले गणतन्त्र दिवसको अवसरमा रावललाई युवा तथा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हाे ।  

गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायतले उनलाई पुरस्कार हस्तान्तरण गरेका छन् । 

नयाँ पत्रिकाकर्मी रावलसँगै पत्रकार दिलमाया शाहीलाई गौरी पदम स्मृति पत्रकारिता पुरस्कार र कृष्णमाया उपाध्यायलाई महिला तथा बालबालिका पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत पत्रकारलाई प्रमाणपत्र, दोसल्लासहित क्रमश: १० हजार एक सय, ११ हजार एक सय ११ र १० हजार एक सय रुपैयाँ प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखामा हिमा गाउँपालिका जुम्लाको पाँच लाख सहयोगमा क्रियाशील पत्रकारिता कोष स्थापना गरिएको छ । सोही कोषमार्फत पत्रकारलाई पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए । 

ad
ad
ad
ad