Skip This
बजेटको सीमा पुनरावलोकन गर्न स्रोत अनुमान समितिको बैठक बस्दै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

बजेटको सीमा पुनरावलोकन गर्न स्रोत अनुमान समितिको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १५:o१:oo

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटको सीमा पुनरावलोकन गर्न सोमबार राष्ट्रिय स्रोत अनुमान समितिको बैठक बस्ने भएको छ।

यसअघि कायम बजेटको १८ खर्ब रुपैयाँसम्मको सिलिङ (सीमा)लाई पुनरावलोकन गर्न अपराह्न ४ बजे बैठक बस्न लागेको राष्ट्रिय योजना आयोग स्रोतले जनाएको छ।

राष्ट्रिय स्रोत अनुमान समितिले स्रोतको अनुमान गर्दाको अवस्थाभन्दा बजेट तर्जुमाको अवस्थामा फरक परिस्थिति सिर्जना भएमा स्रोत र खर्चको सीमा पुनरावलोकन गर्न सक्ने व्यवस्था छ।

आयोगको उपाध्यक्षको अध्यक्षता रहेको यो समितिमा अर्थसचिव सदस्य रहने व्यवस्था छ। समितिले संघीय सरकार, प्रदेश र स्थानीय तहको खर्च, राजस्व, वैदेशिक सहायता र आन्तरिक ऋण परिचालनको वर्तमान अवस्था, बजेट कार्यान्वयनको समीक्षा गरी उपलब्ध हुन सक्ने स्रोतको आकलन गर्छ।

त्यस्तै, आवधिक योजना, मध्यमकालीन खर्च संरचना र सरकारको नीति तथा कार्यक्रमको आधारमा आगामी तीन आर्थिक वर्षको खर्चको आवश्यकता आकलन गर्छ।

ad
ad
ad
ad