Skip This
पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्युगिनीद्वारा राष्ट्रसंघलाई जानकारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
रासस पोर्ट मोरेस्बी
२o८१ जेठ १४ सोमबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

पहिरोमा दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्युगिनीद्वारा राष्ट्रसंघलाई जानकारी

Read Time : < 1 मिनेट
रासस, पोर्ट मोरेस्बी
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १२:५६:oo

पपुवा न्युगिनीले संयुक्त राष्ट्रसंघलाई सोमबार एंगा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एक गाउँमा शुक्रबार गएको भीषण पहिरोमा परी मृत्यु भएका व्यक्तिको संख्या दुई हजारभन्दा बढी रहेको जनाएको छ।

देशको राष्ट्रिय विपत् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई दिएको जानकारीअनुसार शुक्रबार बिहान करिब ३ बजे गाउँलेहरू सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति पुरिएका छन्।

मुंगालो पर्वतको एउटा ठूलो भाग भत्किँदा सयौँ घरहरू पुरिएपछि ठ्रलो संख्यामा स्थानीयको मृत्यु भएको हो। पहिरोले भवन, खाद्यान्न बगैँचामा ठूलो क्षति पुर्‍याएको र यसले मुलुकको अर्थतन्त्रलाई नै ठूलो असर पारेको विपत् कार्यालयले जनाएको छ।

पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग ‘पूर्ण रूपमा अवरुद्ध’ भएको संयुक्त राष्ट्रसंघका अधिकारीहरूलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख गरिएको छ। ‘भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका लागि निरन्तर खतरा उत्पन्न गरेको छ,’ उनले भने।

पत्रमा पपुवा न्युगिनीका विकास साझेदार र अन्य अन्तर्राष्ट्रिय मित्रलाई पछिल्लो अवस्थाबारे जानकारी दिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरिएको छ। विपत् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन आग्रह गरिएको छ।

ad
ad
ad
ad