Skip This
एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार सहभागी हुने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १६:o८:oo

नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ।

आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले राष्ट्रिय भेलाको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख वक्ता एमाले अध्यक्ष केपी ओली रहने जानकारी दिए।

उनका अनुसार, उद्घाटन कार्यक्रम ०८१ जेठ १६ गते १ बजे प्रज्ञा भवन कमलादीमा करिब पाँच हजार महिलाको सहभागितामा हुनेछ। भेलाको दोस्रो दिन १७ गतेको  कार्यक्रम तोकिएका प्रतिनिधिहरूबीच कार्की बैंक्वेट, बबरमहलमा सम्पन्न हुने बताइएको छ।

भेलामा पार्टीका केन्द्रीय सदस्यहरू, नेकपा (एमाले)मा आबद्ध २३ वटै जनसंगठनका महिला नेताहरू, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरू, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारीहरू, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिलाहरू प्रतिनिधिका रूपमा सहभागी हुने एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन्।

उनका अनुसार भेलाको दोस्रो दिनको कार्यक्रममा १२ वटा समूहमा कार्यक्रमको उद्देश्यमा आधारित रहेर महत्त्वपूर्ण विषयमा समूह छलफल हुनेछ। समूह प्रस्तुतिपछि भेलाका निष्कर्षहरू सार्वजनिक गरिने बताइएको छ।

भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी, एक सय ५० महिला स्वयंसेवक परिचालन कमिटी निर्माण गरिएको र स्वयंसेवकहरूको प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

ad
ad
ad
ad