नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेकी एमनेस्टी इन्टरनेसनलकी महासचिव डा. अग्नेज कल्लामार्डले भेट गरेकी छिन्।
देउवानिवास बुढानीलकण्ठमा भएको भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारलगायत समसामयिक विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ।