Skip This
भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन गाउँपालिकाकाे निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Saturday, 15 June, 2024
२o८१ जेठ ९ बुधबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन गाउँपालिकाकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:४९:oo

गोरखाको सहिद लखन गाउँपालिकाले ०७२ सालमा  भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ।

पालिकाभित्र भूकम्पलगायत अन्य सबै प्रकारका विपतका कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको पाइएपछि गाउँपालिकाले त्यस्ता सबै जोखिमयुक्त संरचना भत्काउन निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।

‘नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरधनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो,’ उनले भने, ‘त्यसले क्षतिको थप जोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सबैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ।’

०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माण गर्न सरकारले रु. तीन लाख अनुदान उपलब्ध गराएको थियो। तर, पालिकाभित्र अनुदान लिएका कतिपय लाभग्राही अझै पनि जोखिमयुक्त संरचनामा  बस्दै आएका छन्।

गाउँकार्यपालिकाको गत वैशाख २६ गते बसेको बैठकले पालिकाभित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो। निर्णयअनुसार मंगलबार पालिकाले सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो। गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको छ।

‘जोखिमयुक्त संरचना जतिवेला पनि खस्न सक्ने, झर्न सक्ने जोखिम बढी हुन्छ,’ अध्यक्ष थापामगरले भने,  ‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुन सक्ने भएकाले समयमा नै सतर्कता अपनाउन पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो।’

ad
ad
ad
ad