१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
फाइल तस्बिर
रासस चितवन
२o८१ जेठ ७ सोमबार १o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १० महिनामा २१ गैँडा मरे

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:o४:oo

दुर्लभ एकसिंगे गैँडाका लागि उपयुक्त वासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ गैँडा छन्

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी–सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी–सिकारी गर्नेबाट, मानवीय गतिविधि र करेन्ट लागेर मर्ने गरेका छन् ।

संख्या बढेपछि वासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए । उनले भने, ‘घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्न सके गैँडा संरक्षणमा सहयोग पुग्छ ।’ यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले बताए ।

गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुन सकेको गैँडा मरेका थिए । हाल निकुञ्जमा ६ सय ९४ गैँडा छन् । दुर्लभ एकसिंगे गैँडाका लागि उपयुक्त वासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या धेरै भएपछि निकुञ्जले केही गैँडालाई आन्तरिक स्थानान्तरण गरेर पूर्वी क्षेत्रमा लगेको छ ।     
  
 

ad
ad