अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ले थप २३ वटा ‘स्टारलिंक’ उपग्रहहरू प्रक्षेपण गरेको छ। स्टारलिंक स्पेसएक्सद्वारा कम लागतको इन्टरनेट उपलब्ध गराउन विकसित गरिएको उपग्रह नेटवर्कको नाम हो।
स्पेसएक्सका अनुसार अमेरिकी राज्य फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरबाट ‘फाल्कन– ९’ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो। फाल्कन– ९ स्पेसएक्सद्वारा डिजाइन र निर्माण गरिएको एक रकेट हो।
‘फाल्कन– ९’ पहिलो चरणमा फिर्ता आयो र ‘जस्ट रिड दी इन्स्ट्रक्सन’ (जेआरटिआई) ड्रोनसिपमा अवतरण भयो। उक्त ड्रोनसिप एट्लान्टिक महासागरमा राखिएको कम्पनीले जानकारी गराएको छ।
स्पेसएक्सले यसपछि २३ वटा उपग्रहको तैनाथीको पुष्टि गरेको छ। स्पेसएक्सका अनुसार स्टारलिंकले पहुँच अविश्वसनीय, महँगो वा पूर्ण रूपमा अनुपलब्ध भएको स्थानहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्ने बताएको छ।