साउदी अरेबियामा सम्पन्न वाफ विमेन्स च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई एनआइसी एसिया बैंकले सम्मान गरेको छ।
वैशाख २४ गते ललितपुरस्थित होटेल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो।
बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा)को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यलाई जनही रु. २५ हजार र सम्मानपत्रसहित सम्मान गरेको छ।
साथै, उक्त कार्यक्रमबीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना रानामगरलाई ब्रान्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ।