१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२७ करोडभन्दा बढी बिगो दाबीको मुद्दामा रोयल क्यासिनोका सञ्चालक सिंहसहित पाँचलाई सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:o१:oo

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा पाँचजनालाई सफाइ दिएको छ। डेढ वर्षअघि दायर मुद्दामा विशेषले पाँचै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो।

यस मुद्दाका मुख्य प्रतिवादी होटेल याक एन्ड यतीपरिसरमा सञ्चालित रोयल क्यासिनोका सञ्चालक सुरेन्द्रबहादुर सिंह हुन्। उनीसमेत पाँचजनाविरुद्ध विभागले २७ करोड ६७ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गिल्ट इन्भेस्टमेन्ट प्रालिका सञ्चालकसमेत रहेका सिंहविरुद्ध १५ कात्तिक २०७९ मा मुद्दा दायर गरेको थियो। विभागले सिंहका साथै शारदादेवी सिंह, जीवनबहादुर सिंह, जयन्ती थापा र गिल्ट इन्भेस्टमेन्ट प्रालिलाई प्रतिवादी बनाएको थियो।

थापा उक्त क्यासिनोमा सुपरभाइजरका रूपमा कार्यरत रहेकै बखत क्यासिनो खरिद गरेको भेटिएको थियो। क्यासिनोकी एक कर्मचारी रहेकी उनले खरिद गर्न कुन स्रोत प्रयोग गरेको भनी विभागमा उजुरी परेको थियो।

प्रतिवादीहरूविरुद्ध विभिन्न मितिमा एकभन्दा बढी उजुरी परेको विभागले जनाएको छ। क्यासिनो सञ्चालन गरिरहेको गिल्ट इन्भेस्टमेन्टले कर चुक्ता नै नगरी किनबेच गरेको भेटिएको थियो। रोयल क्यासिनोले राजस्व नतिरेको विषय हाल अदालतमा विचाराधीन नै छ।

विभागले सिंहमाथि विदेशी मुद्राको अवैध कारोबार तथा जुवासम्बन्धी कसुरबाट अवैध सम्पत्ति आर्जन गरेको अभियोग लगाएको थियो। यसरी गैरकानुनी स्रोतबाट आर्जित सम्पत्तिको तह–तह रूपान्तरण, परिवर्तन, छल्ने, बदल्ने, हस्तान्तरण गर्नेजस्ता निषेधित कार्य गरेको विभागको अनुसन्धानले देखाएको थियो।

जयन्ती थापाको मिलेमतोमा कृत्रिम आर्थिक कारोबार देखाई कारोबारको आर्थिक एवं कानुनी उद्देश्य लुकाइएको तथा कारोबारका जटिलता सिर्जना गरिएको विभागको दाबी थियो। सिंहले एकापरिवारकी सदस्य शारदा र जीवनबहादुरको नाममा घरजग्गा खरिद बिक्री गरेको तथा सम्पत्तिको स्रोत परिवर्तन गर्न विभिन्न कम्पनीमा लगानी गर्नेजस्ता कार्य सुरेन्द्रबहादुरले गरेको अभियोगपत्रमा उल्लेख थियो।

गिल्ट इन्भेस्टमेन्टका नाममा रहेको चार लाख १४ हजार रुपैयाँ जफतको माग दाबी गरिएको थियो। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो।

ad
ad