१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस मस्काे
२o८१ बैशाख २३ आइतबार १६:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पोल्यान्डका नेटो आणविक केन्द्र सैन्य लक्ष्य बन्न सक्ने रुसको चेतावनी

Read Time : < 1 मिनेट
रासस, मस्काे
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३८:oo

रुसका उपविदेशमन्त्री सर्गेई र्‍याबकोभले नेटो आणविक केन्द्रहरू स्थायी रूपमा पोल्यान्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्न सक्ने चेतावनी दिएका छन्। 

‘संयुक्त नाटो आणविक मिसनको अभ्यासको विस्तारमा कुनै पनि मुलुक यो अभ्यासमा सम्मिलित हुन सक्ने भए पनि यो विशुद्ध रूपमा अस्थिर प्रकृति हो र धम्कीपूर्ण हो,’ रुसको तास समाचार समितिसँगको अन्तर्वार्तामा र्‍याबकोभले भने।

उनले रुसी सीमानजिकै नेटो मुलुकहरूले गर्ने आणविक मिसनको दृष्टिकोणले सुरक्षा खतरा बढाउने बताए। 

‘वार्सामा छलफल भइरहेको स्थायी तैनाथीबारे मैले कुरा गरिरहेको छैन, त्यसैले पोल्यान्ड र बाहिरका योजनाबारे उत्साहपूर्वक छलफल गरिरहेका ती सबै राजनीतिज्ञहरूले ‘परिवर्तनले पोल्यान्डको सुरक्षामा कुनै वृद्धि हुँदैन, तर सम्बन्धित केन्द्रहरू निश्चित रूपमा लक्ष्य बन्नेछन् र ती हाम्रा सैन्य योजनामा सबैभन्दा अगाडि हुनेछन्’ भनेर बुझ्नुपर्छ,’ उनले भने।

र्‍याबकोभले पोल्यान्डमा नेटो आणविक केन्द्रहरू तैनाथ गर्नेबारे भइरहेको छलफललाई ‘विकसित हुँदै गरेको कथा’का रूपमा अर्थ्याएका छन्। ‘वार्साले यो विषयलाई कसरी सम्बोधन गर्नेछ भनेर मस्कोले नजिकबाट नियालिरहेको छ,’ उनले भने। 

पोलिस राष्ट्रपति आन्द्रेज डुडाले सोमबार फक्त अखबारसँगको अन्तर्वार्तामा पोलिस अधिकारीहरूले नेटोको आणविक साझा व्यवस्थाको ढाँचाभित्र पोल्यान्डमा आणविक हतियार तैनाथ गर्ने सम्भावनामा अमेरिकासँग बारम्बार छलफल गरेको र आवश्यक भएमा तयारी अवस्थामा रहेको अभिव्यक्ति दिएका थिए।

ad
ad