१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

आठौँ राइजिङ स्टारको उपाधि नियासा र समिकालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:१४:oo

क्रियटिभ वर्ल्ड नेपालको आयोजनामा सम्पन्न आठौँ संस्करणको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राइजिङ स्टारको उपाधि नियासा प्रधानांग र समिका भट्टराईले जितेका छन्।

राष्ट्रिय नाचघरको प्रेक्ष्यालयमा सम्पन्न कार्यक्रममा जुनियर क्याटगोरीबाट नियासा र सिनियर क्याटगोरीबाट समिकाले उपाधि चुमेका हुन्।

नियासा भक्तपुरस्थित एभरेस्ट इंग्लिस स्कुलको कक्षा ५ मा र समिका गोंगबुस्थित काठमाडौं ग्लोबल स्कुलको कक्षा ७ मा अध्ययनरत छन्। विजेताद्वयले नगद रु. एक लाखको चेकसहित अवार्ड, क्राउन र विभिन्न उपहारहरू प्राप्त गरेका छन्।

फर्स्ट रनरअपको उपाधि जुनियर क्याटगोरीबाट नाइटिंगेल स्कुलको कक्षा ३ मा अध्ययनरत स्पर्श राई र सिनियरतर्फ आइडियल मोडल स्कुलको कक्षा आठमा अध्ययनरत प्रतीक जोशीले प्राप्त गरेका छन्। स्पर्श राईले मोस्ट ट्यालेन्टेड अवार्ड पनि हात पारिन्।

सेकेन्ड रनरअपको उपाधि जुनियरतर्फ बेबिलोन नेसनल स्कुल, कक्षा चारमा अध्ययनरत साइस्ता रेग्मी र सिनियरतर्फ काठमाडौं ग्लोबल स्कुल कक्षा १० मा अध्ययनरत दीक्षा पाण्डेले पाएका छन्।

ad
ad