
ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उपमहानगरपालिका वडा नं ६, मदन–आश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
तुल्सीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले एक समारोहबीच उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
योसँगै बैंकका एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरको संख्या ६८ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ सेवा, रेमिट्यान्सको सुविधालगायत सबै बैंकिङ सेवा उपलब्ध हुनेछन् ।