१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंक १८औँ वर्षमा प्रवेश

स्मार्ट बचत खातामा आकर्षक सुविधासहित थप ६ प्रिभिलेज काउन्टरको सुरुवात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o७:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको छ। ०६४ वैशाख ७ गते २०औँ वाणिज्य बैंकको रूपमा स्थापना भएको बैंकले १७ वर्षको अवधि पार गर्दा करिब १७ लाख २४ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।

सातवटै प्रदेशमा एक सय ९० वटा शाखाहरूमार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब रु. १ खर्ब ८४ अर्ब निक्षेप रहेकोमा कर्जातर्फ रु. १ खर्ब ५६ अर्ब र खुद मुनाफा करिब रु. १ अर्ब २१ करोड  रहेको बैंकले जनाएको छ।

१७औँ वार्षिकोत्सवको अवसरमा बैंकले शुक्रबार बिहानै सबै प्रदेशमा करिब एक हजार ५३ कर्मचारीको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा लिइएको छ। साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा करिब ६ सय ८४ जनाको सहभागितामा रक्तदान कार्यक्रम गरेको छ।

साथै, मधेश प्रदेशअन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेशअन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका बैंकले जनाएको छ। शिविरमा करिब तीन सय सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधिहरूसमेत निःशुल्क प्राप्त गरेका छन्।

वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ‘सिटिजन्स स्मार्ट बचत खाता’लाई १७ थरी आकर्षक सुविधा थप गरेर ग्राहकमाझ ल्याएको छ। अब ग्राहकले यो योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधा निश्चित समयका लागि प्राप्त गर्न सक्ने बताइएको छ। 

सिटिजन्स बैंकले बचतसम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्रीसमेत सार्वजनिक गरेको छ। ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटा शाखाबाट ‘प्रिभिलेज काउन्टर’को समेत सुरुवात गरको छ।

काठमाडौं उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्युरोड शाखामा तथा उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सञ्चालन भएको बैंकले जनाएको छ। साथै १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही वैशाख ९ देखि १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ।

ad
ad