मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाइनान्स फ्रेन्ड प्रालिसँग समझदारी गरेकाे हो।
बिहीबार एक कार्यक्रमबीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाइनान्स फ्रेन्डका तर्फबाट अध्यक्ष रमेशप्रसाद जोशीले साे समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।