१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

थाइल्यान्डस्थित त्रिनाथ देवालय धाममा राम र सीताकाे मूर्ति प्राणप्रतिष्ठा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:२५:oo

थाइल्यान्डको नेपाली मन्दिरमा रामनवमीको अवसरमा भगवान् राम र सीताको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ।

बैंककको सुकुम्बित ८१ सिरिफोटस्थित अवस्थित श्री त्रिनाथ देवालय धाम मन्दिरमा बुधबार बिहान ८ बजेर ४५ मिनेटको शुभमुहूर्तमा पण्डित पदमप्रसाद भट्टराईले भगवान् राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति प्राणप्रतिष्ठा गराएका हुन्।

त्रिनाथ मन्दिरमा पहिलोपटक भगवान् रामको प्राणप्रतिष्ठा गरिएको मन्दिर सञ्चालक समितिका महासचिव राजु बलामीले जानकारी दिए।

प्राणप्रतिष्ठामा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली सहभागी भएर पूजापाठ गरेका थिए। राजदूत वलीले नेपाली मन्दिर नेपाली मात्र नभई नेपालभाषीको पनि आस्थाको केन्द्र रहेको भन्दै संरक्षण तथा प्रवर्द्धनमा सघाउने बताए। 

प्राणप्रतिष्ठासँगै मन्दिरमा रामनवमीका अवसरमा पूजा, भजनकीर्तन पनि गरिएको थियो। हवन तथा आरती पूजा गरिएको कार्यक्रममा आगन्तुक नेपाली तथा थाई नागरिकलाई खिर प्रसाद वितरण गरिएको थियो। 

त्रिनाथ देवालय धाम थाइल्यान्डवासी नेपालीको एक मात्र धार्मिक स्थल हो। ३२ वर्षअघि स्थापना भएको मन्दिरमा थाइल्यान्डमा बस्ने नेपालीहरूले विभिन्न चाडपर्व मनाउने, पूजापाठ गर्दै आएका छन्।

ad
ad