१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्यटक प्रहरीलाई बोर्डले दियो विद्युतीय साइकल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:१८:oo

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय पोखराले पोखरास्थित पर्यटक प्रहरी कार्यालयलाई दुई थान विद्युतीय साइकल सहयोग गरेको छ।

बोर्ड पोखरा कार्यालयका निमित्त प्रमुख नवीन पोख्रेल, वरिष्ठ अधिकृत कुन्दन मिश्र शर्माले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापालाई साइकल हस्तान्तरण गरे।

सहयोग प्राप्त साइकल प्रमुख थापाले पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीलाई हस्तान्तरण गरेका थिए।

पोखरा देशकै पर्यटकीय राजधानी घोषणासँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी स्रोत–साधनको अभावमा हुने स–साना समस्याहरूलाई समाधान गर्न बोर्डले सहयोग गरेको बोर्ड पोखराका प्रमुख पोख्रेलले जानकारी दिए। पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्न यसले सहयोग गर्ने उनले बताए।  

बोर्ड पोखरा कार्यालयले पर्यटक प्रहरी पोखराका लागि चालू आर्थिक वर्षमा विनियोजित बजेट शीर्षकबाट साइकल खरिद गरी हस्तान्तरण गरिएको बोर्डका अधिकृत मिश्रले जानकारी दिए। 
 

ad
ad