१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार २२:५९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जितपुरसिमरा गोल्डकप : हावाहुरीका कारण एपिएफ र फ्रेण्डस् क्लबबीचको खेल रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २२:५९:oo

सिमरामा जारी जगदम्बा स्टिल १४औँ जितपुरसिमरा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल तीव्र हावाका कारण स्थगित भएको छ।

बिहीबार सिमरा रंगशालामा सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ र फ्रेन्डस् क्लबबीच खेल चलिरहेका वेला तीव्र गतिमा हावाहुरी चलेपछि आयोजक र अफिसियलले खेल स्थगित गर्ने निर्णय लिएका हुन्।

दोस्रो हाफको १३औँ मिनेटपछि रेफ्रि उमेश विंडारीले खेल रोक्ने संकेत गरेका थिए । सिमरा रंगशालाको फ्लड लाइटमा खेल चलिरहँदा एक्कासी तीव्र गतिमा हावाहुरी आएको थियो। रंगशालामा राखिएको होडिङ बोर्ड उडेर लाग्दा एकजना दर्शक घाइतेसमेत भएका छन्।

५८औँ मिनेटपछिको खेल शुक्रबार बिहान ८ः३० बजेपछि शुरु हुनेछ । स्थगित हुनुअघिको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । मकवानपुर ११ हेटौँडालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको एपिएफ र सीधै क्वार्टरफाइनल खेल्न सिमरा रंगशालामा उत्रिएको फ्रेन्ड्स क्लब दुवैले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । 

खेलको ११औँ मिनेटमा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । शरण बस्नेतले पेनाल्टी बक्सभित्र दिएको उत्कृष्ट पासलाई बुद्धिमान राईले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेक बरालले सहज रुपमा बचाउ गरे । 

खेलको १३औँ मिनेटमा फ्रेन्ड्सका साइमन लिम्बूले वन भर्सेस वनको स्थिति सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्स बाहिर पाएको बललाई अघि बढाएपनि साइमनले पोष्टको दिशा दिन नसक्दा एपिएफका डिफेण्डरले सुमन श्रेष्ठले क्लिएर गर्ने मौका पाए । 

त्यसलगत्तै खेलको १५औँ मिनेटमा फ्रेन्ड्सले अर्को सुन्दर मौका गुमायो । कुशल देउवाले पेनाल्टी एरियामा निकालेको पासमा एन्जल महर्जनको प्रहार क्रसबार माथि गयो ।

१८औँ मिनेटमा एपिएफका अनिश महर्जनले पेनाल्टी बक्सभित्रै पाएको अवसर खेर फाले । प्रदीप लामाको क्रसमा अनिशको प्रहार फ्रेन्ड्सका गोलरक्षकले पञ्च गरेर जोगाए ।

खेलको २६औं मिनेटमा एपिएफको अर्को सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले बचाउ गरे । बिके तामाङको कट ब्याकमा पेनाल्टी एरियाबाट प्रदीप लामाको सशक्त प्रहार फ्रेन्ड्सका गोलरक्षक अभिषेकले उत्कृष्ट बचाउ गरेका थिए । 

खेलको ४२औँ मिनेटमा फ्रेन्ड्सका एन्जल महर्जनको प्रहार क्रसबारबाट रिबाउन्ड भयो । साइमन लिम्बूको कर्नर बलमा प्रशान्त अवस्थीको हेडिङ पासलाई एन्जलले सशक्त प्रहार गरेका थिए । रिबाउन्ड बलमा दीपेश घलेको अर्को प्रहार क्रसबारबाट माथि गयो । 

ad
ad