१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २१ शुक्रबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पत्कर सल्काउने क्रममा ८५ वर्षीया वृद्धा गम्भीर घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५१:oo

रामेछापको मन्थली नगरपालिका– ९ पुरानागाउँको लामाटोलमा आगलागीमा परी एक वृद्धा गम्भीर घाइते भएकी छिन्।

बिहीबार बिहान घरनजिकैको बारीमा जम्मा गरेर राखेको पत्कर पोल्न निस्किएकी ८५ वर्षीया लालमाया तामाङ आगलागीमा परी घाइते भएकी हुन्। पत्कर सल्काउने क्रममा शरीरमा आगो सल्किएको बताइएको छ।

आगो सल्केपछि लालमाया चिच्याएको सुनेपछि छिमेकीले उनलाई घटनास्थलबाट तत्काल उद्धार गरेका थिए।

आगलागीबाट गम्भीर घाइते भएकी लालमायालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि स्थानीय र प्रहरीको सहयोगमा हेलिकोप्टरमार्फत बर्निङ अस्पताल काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
 

ad
ad