१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:५३:oo

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्तागठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरूको समर्थनसहितको हस्ताक्षर-पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेस गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कर्णाली प्रदेश सभा ४० सदस्यीय छ। प्रदेश सरकार गठनका लागि २१ प्रदेश सभा सदस्य आवश्यक पर्छ। माओवादी केन्द्रका उपसभामुखसहित १३, एमालेका सभामुखसहित १० र एकीकृत समाजवादीका एक प्रदेश सभा सदस्य छन्।

प्रदेश सभामा नेपाली कांग्रेसका १४ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक–एक प्रदेश सभा सदस्य रहेका छन्।

ad
ad