१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

वेब सिरिजको रूपमा आउँदै ‘यौटा सपनाको अवसान’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३७:oo

गत वर्ष मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रूपमा आउने भएको छ । महिना दिनसम्म हाउसफुल रहेको नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि आउने भएको हो ।

यसको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयासस्वरूप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएको छ । सार्वजनिक पोस्टरमा नाटकका मुख्य कलाकारहरू दिया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईं अटाएका छन् । नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए ।  

‘नाटकलाई चलचित्रजस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहना हुँदाहुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसवेला हेर्न छुट्नुभएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ,’ निर्माता गोविन्दले बताए ।

वरिष्ठ नाट्य निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । एक महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्ह्यु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ ।

नाटकलाई सिरिजको रूपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार  निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ । सिरिजको वैशाख १ गते प्रिमियर हुनेछ ।

ad
ad