१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अम्रिसोले डाँडो हरियाली मूल्य नपाउँदा किसान खिन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५१:oo

नवलपुरका अधिकांश डाँडाहरू यतिवेला इलामको हरियो चियाबगानजस्तै देखिन थालेका छन् । नांगा डाँडालाई हरियो बनाउन, भूक्षय र बाढीपहिरो रोक्न तथा स्थानीयको जीविकोपार्जनमा सुधार गर्न यस क्षेत्रमा अम्रिसो (कुचो) खेती विस्तार गरिएको छ । जसकारण डाँडाहरू हरियो चियाबगानजस्तै बनेका छन् ।

पूर्वी नवलपरासीमा अहिले पहाडी क्षेत्रका नांगा डाँडाहरू कबुलियती वनमार्फत अम्रिसो खेती गरेर हराभरा भएका छन् । पूर्वी नवलपरासीमा एक सय ६७ वटा कबुलियती वन बनाएर यहाँका स्थानीयले समूहमा अम्रिसो खेती गरिरहेका छन् । एक सय ६७ वटा कबुलियती वनबाट यहाँका बासिन्दाले गत वर्ष मात्रै तीन करोड १८ लाख ६५ हजार रुपैयाँको अम्रिसो बिक्री गरी आम्दानी गरेका थिए ।

गत वर्षसम्म राम्रो आम्दानी पाएर हौसिएका किसानले लगाएको अम्रिसोका कारण बाँझो र डाँडो जमिन रमणीय बने पनि यसपटक अम्रिसोले बजारभाउ नपाउँदा किसान भने खिन्न छन् । गत वर्ष प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री भएको अम्रिसो यो वर्ष घटेर प्रतिकिलो ७० रुपैयाँमा झरेको छ । 

खान–लाउन समस्या भोगिरहेका किसानले अहिल अम्रिसो खेतीबाट भएको आम्दानीबाटै बाह्रै महिना घरखर्च धान्न सहज भएको स्थानीय बासिन्दा एवं अम्रिसो खेतीका सुपरभाइजर तुलबहादुर रानाले बताए । 

०७० बाट व्यावसायिक अम्रिसो खेती गरिरहेका यहाँका बासिन्दालाई यो वर्ष पहिलोपटक बजार मूल्यले साथ नदिएको हो । ‘कतै अब हाम्रो मिहिनेत खेर त जाने होइन भन्ने चिन्ताले सताउन थालेको छ,’ स्थानीय कृषक आसबहादुर दराई मगरले भने । नवलपुरमा उत्पादन भएको अम्रिसो बुटबल, भैरहवा, नारायणघाट, काठमाडौं, पोखरासम्म पुग्ने गरेको छ । 

ad
ad