१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार २२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृहमन्त्री लामिछानेलाई १३बुँदे ध्यानाकर्षणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २२:५२:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा आबद्ध नेपालीको उद्धारका लागि आवश्यक पहल गर्न प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने बताएका छन् । 

रुसी सेनामा आबद्ध नेपालीका परिवारसँगको शुक्रबार भएको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए ।  

‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु । नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नुपरेको छ । यसबारे कसरी समन्वय गर्न सकिन्छ, आज÷भोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु,’ गृहमन्त्री लामिछानेले भने । 

‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षा तथा उद्धार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन लामिछानेसमक्ष आग्रह गरेको हो । 

अभियानकर्तासँगै पीडित परिवारले मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्धार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्धार र घाइतेको उचित उपचारलगायत विषयमा गम्भीर हुन आग्रह गरेको थियो । 

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केही मानिसले आफूहरुसँग पैसा लिएको भन्दै तिनलाई पक्राउ गर्न समेत उनीहरुले गृहमन्त्री लामिछानेसमक्ष मागसमेत गरेका थिए । (रासस)
 

ad
ad