१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कन्सुलर सेवा विभागको सफ्टवेयरमा सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४४:oo

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सफ्टवेयरमा स्तरोन्नति गरेको छ । यससँगै अब व्यक्ति आफैँ उपस्थित हुनुपर्नेबाहेकका सेवामा विभागमा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । सुधारिएको सफ्टवेयरको बिहीबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुभारम्भ गरेका हुन् ।

‘नयाँ मोड्युलमार्फत संसारको जुनसुकै कुनामा समस्यामा परेका नेपालीले आफ्नो राहदानी नम्बर र जन्ममिति प्रयोग गरी नजिकको नेपाली राजदूतावास वा नियोगको वेबसाइटमार्फत समस्याबारे सहजै जानकारी गराउन सक्नुहुनेछ,’ कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले भने । 

उपप्रधानमन्त्री श्रेष्ठले नगरिकलाई सहज हुने गरी परराष्ट्र मन्त्रालयअन्तर्गतको सेवा प्रवाह सूचना प्रविधिमार्फत गर्दै जाने जानकारी दिए । समस्या राखिसकेपछि यसको सम्बोधनबारे पनि वेबसाइटबाट हेर्न मिल्ने मोड्युल बनाइएको महानिर्देशक पौडेलले बताए ।

‘यसका लागि पासपोर्ट नम्बर र जन्ममिति भए पुग्छ बेग्लै युजर आइडी वा पासवर्ड चाहिँदैन,’ पौडेलले भने, ‘आफू बसेको ठाउँबाटै सेवाग्राहीले यो सुविधा प्रयोग गर्न सक्ने व्यवस्था छ ।’ उनका अनुसार दूतावाससम्म जानुपर्ने स्रोत–साधन र समय बचत हुनेछ । बेग्लै युजर नेम र पासवर्ड आवश्यक नपर्ने भएका कारण यो प्रयोग गर्न सजिलो छ ।

आफूले राखेका गुनासो वा उजुरीमा के–कति प्रगति भएको छ भन्ने विषयमा वेबसाइटबाटै थाहा पाउन सकिनेछ । यसका लागि दूतवासमा फोन वा कुनै प्रकारको सम्पर्क गर्न पर्दैन । दूतावासहरूले पनि सेवाग्राहीको समस्यालाई व्यवस्थति तरिकाले अनलाइनमार्फत नै सहजै सम्बोधन गर्न सक्नेछन् । 

ad
ad