मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Sunday, 19 January, 2025
२o८o चैत २२ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा भिरबाट खसेर बालिकाको मृत्यु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार १७:४७:oo

घरबाट नुहाउन हिँडेकी एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ। जिल्लाको छायानाथ रारा नगरपालिका–९ की अन्दाजी १२ वर्षीया भूमिका रोकायाको भिरबाट खसेर मृत्यु भएको हो।

छायानाथ रारा नगरपालिका–९ मुर्मा घर भएकी मृतक बालिका आमासँग सदरमुकाम गमगढी न्युरोडमा बस्दै आएकी थिइन्।

बिहीबार बिहान आफ्नो बस्ने कोठाबाट नुहाउनका लागि छायानाथ रारा नगरपालिका–२ चैना खोलातर्फ जाँदै गर्दा चैन भिरमा खसेर मृत्यु भएको उनका आफन्तले बताए। बालिका चैन भिरबाट करिब ३० मिटर तलको गमगढी पिना सडकखण्डमा खसेको प्रत्यक्षदर्शीले बताए। 

भिरबाट खसेकी बालिकालाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याएलगत्तै उनको मृत्य भएको प्रहरीले जनाएको छ। अहिले पोस्टमार्टमका लागि उनको शव जिल्ला अस्पताल मुगुमा राखिएको छ।