मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २२ बिहीबार
  • Sunday, 16 February, 2025
२o८o चैत २२ बिहीबार १३:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै, ४ बजे प्रदेश सभा बैठक आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत २२ बिहीबार १३:४१:oo

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिने भएको छ। त्यसका लागि अपराह्न ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए। 

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा नेकपा माओवादी केन्द्रले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्तासाझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन्। 

लुम्बिनी प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी एमालेका २९, कांग्रेसका २७, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका १० (सभामुखबाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सदस्य छन्। 

राप्रपाका जानकीलाल यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बित छन्। जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीनजना तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सदस्य छन् भने एकजना स्वतन्त्र सदस्य छन्।