१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सुनमायाले चीनमा जितिन् ट्रेलरेसको उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:o२:oo

जुम्लाको पातारासी गाउँपालिका– २ पेरे विकट गाउँकी  अल्ट्राधावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेलरेसको उपाधि जितेकी छिन्।

उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेलरेसअन्तर्गत ७० किलाेमिटर रेसको दूरी सात घण्टा ६ मिनेट १७ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो। यो रेस गोल्डेन ट्रेलरेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो।

सुनमायाले हङकङको आइटिआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन्। उनी सय किलोमिटर अल्ट्रारेसमा विश्वकै शीर्ष आठ अल्ट्रारनर हुन्।

यस वर्ष सुनमायाको स्पोनसरसमेत परिवर्तन भएको छ। यसअघि सुनमायालाई नर्थ फेस एसियाले प्रायोजन गरेको थियो भने हाल चीनको ठूलो स्पोर्टसवेयर ब्रान्ड कैलशा फुगोले प्रायोजन गरेको छ।

ad
ad