मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत २० मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज विकासको बाधा हटाउन सांसद यादवद्वारा सर्वोच्चकाे ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १३:५३:oo

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको विकासको बाधा हटाउन सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यादवले सर्वोच्चमा मुद्दा अड्किँदा औद्योगिक सहर वीरगन्जको मुख्य सडक नै विस्तार हुन नसकेको बताए। वीरगन्जको मुख्य सडक मुद्दाका कारण केही वर्षदेखि ओझेलमा परेको उनको भनाइ छ।

‘त्रिभुवन राजपथमा पर्ने मुख्य सडक, सडक ऐन २०३१ अनुसार मुख्य सडकको मापदण्डभित्र पर्छ। सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकी ऐनको क्षेत्राधिकारअन्तर्गत वीरगन्जको मुख्य सडक २५–२५ मिटर फराकिलो पार्न सडक विभागले वीरगन्जको गण्डक चोकदेखि घण्टाघर माइस्थान हुँदै मितेरी पुलसम्मको आठ किलोमिटर मुख्य सडक विस्तारको कार्य ०७६ कात्तिक १७ गतेदेखि गर्ने गरी सडक विभागले प्रक्रिया अगाडि बढायो,’ उनले भने, ‘तर, त्यही वेला केही स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गर्‍याे । मुद्दाको छिनोफानो नहुँदा वीरगन्जको विकास नै ओझेलमा परेको छ।’

यादवले थपे, ‘त्यसकारण सभामुखमार्फत सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन चाहन्छु कि मुद्दाको छिनोफानो तुरुन्त गरेर वीरगन्जको विकासको बाधा हटाइदिन अनुरोध गर्न चाहन्छु।’