नेकपा एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन्।
पार्टीको सोमबार सम्पन्न नवाैँ जिल्ला अधिवेशनबाट दुई सय ८८ मत प्राप्त गरेर विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद अधिकारीले एक सय ९९ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा दुई सय ४२ मत ल्याएर जितबहादुर गुरुङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सुभाष पौडेलले दुई सय ३७ मत पाएका थिए। सचिवमा राजेन्द्र बोहरा तीन सय ५८ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी जनकराज मिश्रले एक सय १९ मत पाएका छन्।
उपसचिवमा विवश बुढाथोकी विजयी भएका छन् । उनले तीन सय ४९ मत ल्याए भने प्रतिस्पर्धी राजेन्द्र अधिकारीले एक सय २९ मत पाए । उपसचिव महिलामा राममाया रानामगर निर्विरोध निर्वाचित भएकी छिन्।
एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम बेँसीसहरमा सुरु भएको थियो। अधिवेशनका लागि जिल्लाभरबाट पाँच सय ३७ जना प्रतिनिधि छनाेट भएका थिए।