१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित दुधेमा रुख कटान गरिँदै
२o८१ बैशाख १८ मंगलबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा काटिएको रुखका काठमा सामुदायिक वनको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२२:oo

डिभिजन वन भन्छ– राजमार्गको वन पैदावार संघ सरकारको हो 

पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्दा काटिएका रुखका काठमा सामुदायिक वनले दाबी गरेका छन् । राजमार्ग विस्तारका क्रममा मोरङ क्षेत्रमा रुख कटानको काम भइरहेकामा काठसहित वन पैदावार डिभिजन वन कार्यालयले लगिरहेको छ । तर, रुख कटान भइरहेको क्षेत्र सामुदायिक वनमातहत रहेकाले काठ पनि आफूहरूले पाउनुपर्ने माग सामुदायिक वन राष्ट्रिय महासंघको छ । 

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा मोरङ क्षेत्रमा पाँच हजार तीन सय रुख कटान गर्नुपर्नेछ । मोरङमा मात्र १८ वटा सामुदायिक वन क्षेत्र पर्ने सामुदायिक उपभोक्ता महासंघ, कोशीले जनाएको छ । 

काँकडभिट्टा–लौकही सडक (पश्चिम खण्ड) विस्तारका क्रममा उक्त कार्यसँग सम्बन्धित आयोजना कार्यालयले सडक सिमानासँग जोडिएका सामुदायिक वन क्षेत्रका रुख सामुदायिक वन उपभोक्ता समूहको साधारणसभाको सहमतिविना र समूहलाई जानकारी नै नदिई आयोजनाका नाममा कटान गरी काठ–दाउरा आयोजना र डिभिजन वन कार्यालयले लगेको भन्दै महासंघका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले आपत्ति जनाएका हुन् । तत्काल रुख कटान गर्ने कार्य रोकी सामुदायिक वन उपभोक्ता समूहको माग सम्बोधन भएपछि मात्र सामुदायिक वन क्षेत्रका रुख कटान गर्न महासंघको माग छ । 

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले भने अहिलेको कानुनी व्यवस्थाअनुसार सडक क्षेत्रबाट निस्किएको वन पैदावर सामुदायिक वनलाई दिन नमिल्ने बताए । ‘कटान गरिएका रुखबाट निस्किएको काठ डिभिजन वनले लिलामी गरी संघ सरकारको राजस्व खातामा पैसा जम्मा गर्छ,’ उनले भने, ‘यो राजमार्ग निर्माण हुँदादेखि नै सडकदेखि दुवैतर्फ २५–२५ मिटर जग्गा सडककै स्वामित्वमा छ । ०३० सालको नापीले सडककै नाममा कायम गरेको छ । त्यहाँ पर्ने रुख–बिरुवा पनि संघ सरकारकै हुन्छ ।’ 

ad
ad