मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १५ बिहीबार १६:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिद्धि हाइड्रो कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १६:१७:oo

सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेडबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

बिहीबार भएको सम्झौतामा सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सिद्धि हाइड्रो कम्पनी लिमिटेडको सार्वजनिक सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ।

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले इलाममा १० मेगावाट क्षमताको ‘सिद्धि खोला जलविद्युत् आयोजना’ निर्माण गरिरहेको छ।