१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बिपीको सालिकमा माल्यार्पण गर्दै गगनको संवादयात्रा पुन: सुरु 

यो सरकार लामो समय नटिक्ने गगन थापाको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:२o:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले पश्चिम नवलपरासीमा बिपी कोइरालाको सालिकमा माल्यार्पण गरेर पुनः संवाद यात्रा सुरु गरेका छन्। उनले बिहीबार पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुराबाट संवाद यात्रा सुरु गरेका हुन्।

महामन्त्री थापाले माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा सुरु गरेका थिए। उक्त यात्रा माघ २२ गते गोपीगन्जमा पुगेर स्थगित भएको थियो।

महामन्त्री थापाले नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायत जिल्लाका विभिन्न ठाउँका स्थानीयहरूसँग संवाद गर्ने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

आज बिहीबार पश्चिम नवलपरासीमा आयोजित संवाद यात्रामा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरे। उनले भने, ‘सरकारमा सहभागी दलहरू नै यो सरकार लामो समय टिक्के भन्नेमा आशावादी छैनन्।’

उनले संवाद यात्राको क्रममा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा व्यापक जनगुनासो आफूले सुन्न पाएको बताउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सत्तापक्ष वा प्रतिपक्ष कसैले पनि राजनीतिक दाउपेचका आधारमा हेरेर काम नगरी एकै ठाउँमा उभिएर काम गर्नुपर्नेमा जोड दिए।

आमनागरिकमा जुनसुकै सरकारप्रति पनि निराशा बढेको उनको दाबी थियो। संवाद यात्रामा थापाले भाषण कम र स्थानीयका गुनासा धेरै सुन्ने गरेका छन्।

ad
ad