१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इटहरीमा ओलम्पियन पुनर्मिलन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:५५:oo

तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलेब्रिटी मिट, २०२४ सुनसरीस्थित इटहरीमा हुने भएको छ । कोशी प्रदेशका सदस्यसचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ओलम्पियन पुनर्मिलन २० वैशाख ०८१ मा हुनेछ । पहिलो काठमाडौं तथा दोस्रो गत वर्ष पोखरामा भएको थियो । ओलम्पियन्स संघको नेतृत्वमा विष्ट आएपछि यो कार्यक्रमको सुरु भएको हो । देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले पुनर्मिलन सुरु गरिएको अध्यक्ष विष्टले बताए ।

उनका अनुसार यसपटक विदेशी ओलम्पियनका साथै विदेशमा रहेका नेपाली ओलम्पियनको पनि कार्यक्रममा सहभागिता रहनेछ । वाकाथनमा कोशी प्रदेशमा रहेका खेलाडी र ओलम्पियनलगायतको सहभागिता रहनेछ । वाकाथनपछि १९८८ को सिओल ओलम्पिकमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिनेछ ।

१९८८ को सिओल ओलम्पिकमै तेक्वान्दोका विधान लामाले प्रदर्शनी खेलमा कांस्य पदक जितेका थिए । लामा पनि अमेरिकाबाट नेपाल आउनेछन् । संघले विगतका दुई संस्करणमा १९६४ देखि १९८४ का दौरान भएका विभिन्न पाँच संस्करणमा सहभागी नेपाली ओलम्पियनलाई सम्मान गरिसकेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो प्रदेशमा आयोजना हुने कार्यक्रमबाट खुसी लागेको बताए । 

ad
ad