१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गृहसचिव अर्याल भन्छन्- देशको शान्तिसुरक्षाको अवस्था सामान्य छ

रात्रिकालीन उद्योग व्यापार व्यवसाय संचालन गर्न दिने गरी तयारी भइरहेको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२६:oo

गृहसचिव एकनारायण अर्यालले देशको शान्तिसुरक्षाको स्थिति सामान्य रहेको बताएका छन् । 

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहसचिव अर्यालले यस्तो बताएका हुन् । 

बैठकमा गृह मन्त्रालयका पछिल्ला कामकारबाहीबारे जानकारी गराउँदै गृहसचिव अर्यालले नेपाल प्रहरी समायोजन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसद्को यसै अधिवेशनमा पेस गर्ने गरी तयारी अवस्थामा रहेको बताए । 

उनले निर्वाचन ऐनको विधेयक, नेपाल प्रहरी ऐनलाई प्रतिस्थापन गर्ने विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पनि यसै अधिवेशनमा पेस गर्ने गरी तयारीमा आवश्यक कार्य भइरहेको जानकारी दिए। 

गृहसचिवले गृह प्रशासन सुधारका लागि पूर्वमुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा सरकारले बनाएको गृह प्रशासन सुधार कार्यदलले काम गरिहेको पनि जानकारी गराए। 

उनले अर्थतन्त्रलाई गति दिन र नागरिकलाई सहजताका लागि रात्रिकालीन उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न दिने गरी स्थानीय प्रशासनले आवश्यक तयारी गरिसकेको बताए । उनले पोखराको लेकसाइडमा सुरु भइसकेको जानकारी दिँदै काठमाडौंमा छिट्टै सुरु गर्ने गरी तयारी र छलफल चलिरहेको जानकारी दिए । 

ad
ad