१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाल बहराइनसँग पुनः पराजित, अंकविहीन रहँदै समूहको अन्तिम स्थानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४७:oo

फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।

बहराइनको रिफास्थित नेसनल स्टेडियममा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित भएको हो। बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान १–१ गोेल गरे।

समूह ‘एच’मा रहेको नेपालको यो लगातार चौथो हार हो। यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलअन्तरले पराजित भएको थियो। त्यसअघि नेपालले युएईविरुद्ध ४–० को हार व्यहोरेको थियो भने यमनसँग २-० ले पराजित भएको थियो।

नेपाल चार खेलमा अंकविहीन रहँदै समूहको अन्तिम स्थानमा छ भने युएई १२ अंकसहित समूहको शीर्षस्थानमा छ। नौ अंक बटुल्दै बहराइन दोस्रो र यमन तीन अंकसहित अंक–तालिको तेस्रो स्थानमा छ। अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ।
 

ad
ad