१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o७:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल मनी विकको अवसरमा विभिन्न कार्यक्रम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२१:oo

प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर भन्ने नाराका साथ विश्वभर मनाइएको विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी विक)को अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरताका लागि विभिन्न कार्यक्रम गरेका छन् । विश्व वित्तीय सप्ताह–२०२४ मार्च १८ देखि २४ सम्म मनाइएको थियो । 

नबिल बैंकको सातै प्रदेशमा कार्यक्रम
नबिल बैंक लिमिटेडले सातै प्रदेशकेन्द्रित देशव्यापी कार्यक्रम गरेको छ । यसपटक बैंकले युवा र विद्यार्थीकेन्द्रित कार्यक्रम गरेको हो । कार्यक्रमबाट सातै प्रदेशमा १९ सयभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । 

बैंकले युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउनुपर्छ र त्यसका लागि राम्रो वित्तीय ज्ञान दिन जरुरी छ भन्ने धेयले जागरुकता अभियान सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको बैंकले जनाएको छ ।

लुम्बिनी विकास बैंकको प्राथमिकतामा विद्यालय
लुम्बिनी विकास बैंक लिमिटेडले सातै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयमार्फत करिब एक हजार विद्यार्थीलाई वित्तीय साक्षरता अभिवृद्वि, वित्तीय ज्ञान, मनोवृत्ति विकास गराउने उद्देश्यका साथ युवा विद्यार्थीलाई बचत निक्षेप, कर्जा लगानी, विप्रेषण, डिजिटल बैंकिङलगायत विषय समेटी बैंकले गर्ने कार्यका बारेमा विद्यालयमा नै वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको छ । साथै, शाखा कार्यालयबाट वित्तीय जानकारीमूलक प्लेकार्ड प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेको थियो । 

समृद्धि फाइनान्सको चार ठाउँमा कार्यक्रम
समृद्धि फाइनान्सका चारवटा शाखाले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेका छन् । फाइनान्सको पोखरा, मधुवना, गैर र हेटौँडा शाखाले कार्यक्रम गरेका हुन् । पोखरा शाखाबाट गुरुङ महिला समूहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवालाई, गैरशाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौँडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तीय साक्षरता दिइएको कम्पनीले जनाएको छ ।

सबै शाखा क्षेत्रहरूमा रेमिट्यान्स मुख्य आय भएकाले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई बचतमा परिणत गरी उज्ज्वल भविष्य निर्माण गर्न मद्दत पुग्ने विषयमा प्रकाश पारेको जनाइएको छ । साथै, अनावश्यक खर्चहरूलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको फाइनान्सले जनाएको छ । 

एनआइसी एसियाको पाल्पामा कार्यक्रम
एनआइसी एसिया क्यापिटल लिमिटेडले लुम्बिनी प्रदेशमा पाल्पाको तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा पुँजी बजार साक्षरता तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले वित्तीय साक्षरतासम्बन्धी तालिम दिएका हुन् । कार्यक्रममा एक सय ८० जनाभन्दा बढी युवा विद्यार्थी, शिक्षकलगायत अन्य लगानीकर्ताको समेत सहभागिता रहेको उल्लेख छ ।

ad
ad