१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपनिर्वाचनमा एकीकृत समाजवादीले खोज्यो भाग, बटमलाइन बझाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:१९:oo

आगामी १५ वैशाखमा हुने प्रतिनिधि सभा र प्रदेश सभा उपनिर्वाचनमा सत्तारुढ दल एकीकृत समाजवादीले हिस्सा खोजेको छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उपनिर्वाचनमा आफ्नो पार्टीको सहभागिताबारे एकचरण छलफल गरिसकेका छन् । नेपालले इलाम र बझाङमा तालमेलको प्रस्ताव गरेका छन् । बझाङमा एमालेले छाडे इलाममा समर्थन गर्न तयार रहेको नेपालले बताएका छन् ।

एकीकृत समाजवादीले बझाङमा केन्द्रीय सदस्य दिलबहादुर सिंह र इलाममा जिल्ला कमिटी सचिव हरिबाला राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । ‘बझाङमा जसरी भए पनि उम्मेदवार उठाउँछौँ । इलाममा पनि उम्मेदवार उठाउने तयारी छ । गठबन्धनमा समझदारी भयो भने एक ठाउँमा मात्रै हाम्रो उम्मेदवारी हुन्छ । समझदारी हुन सकेन भने दुवै क्षेत्रमा हामी उम्मेदवार उठाउँछौँ,’ उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

ओली र प्रचण्डसँग सोमबार भएको छलफलमा नेपालले पार्टीको अडान राखेका थिए । तीन नेताबीचको छलफलबारे नेपालले काभ्रे पुगेर भने, ‘तीनवटा अलग–अलग पार्टी भएकाले अलग–अलग अगाडि बढ्छन् भन्ने कुरा आयो । इलाम र बझाङको कुरा पनि आयो । हामी छुट्टै पार्टी हुनाले उम्मेदवार खडा ग¥यौँ भनेर एमालेको तर्फबाट भनियो । स्वाभाविक रूपमा हामी पनि छुट्टै पार्टी भएकाले कहाँ–कहाँ उम्मेदवार खडा गर्ने हो, कस–कसले हामीलाई साथ दिने हो, त्यसका आधारमा हामी अगाडि बढ्नेछौँ ।’

ad
ad