१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : रूप र गुणको अन्तर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o५:५६:oo

विष्णु गुप्त चाणक्य कति प्रतिभाशाली थिए, त्यसको लेखाजोखा गर्न कठिन छ । त्यस्तो विलक्षण प्रतिभाका धनी चाणक्य शारीरिक रूपमा भने कुरूप थिए । तत्कालीन चन्द्रगुप्त मौर्यले जिस्किने शैलीमा भने, ‘प्रधानमन्त्रीजी, यदि तपाईं यति गुणवान्का साथै रूपवान् पनि हुनुभएको भए कति मजा हुँदो हो हगि ?’

चाणक्यले चन्द्रगुप्तलाई कुनै जवाफ दिनुभन्दा पहिल्यै महारानीले उनको प्रश्नको जवाफ दिइन्, ‘महाराज, मानिसको रूप त मृगतृष्णा हो । मानिसको पूजा उसको रूपले होइन, गुण र बुद्धिले हुने गर्छ ।’ ‘तिमी रूपवती भएर पनि किन यस्तो कुरा गर्‍यौ ?’ राजाले रानीको जवाफ सुनेपछि प्रश्न गरे, ‘के कुनै यस्तो उदाहरण छ, जहाँ गुणको अगाडि रूपको कुनै महत्व नहोस् ?’

‘धेरै उदाहरण छन्, महाराज,’ यसपटक रानीको साटो चाणक्यले जवाफ दिए, ‘तपाईं पहिला यो चिसो पानी पिएर शान्त हुनुस् अनि कुरा गरौँला ।’ तब उनले तुरुन्त दुई गिलास पानी राजातिर बढाए । ‘महाराज, पहिलो गिलासमा सुनको घडाको पानी थियो, दोस्रोमा माटाको घडाको । तपाईंलाई कुन घडाको पानी ठिक लाग्यो ?’ राजाले पानी पिइसकेपछि चाणक्यले उनलाई सोधे ।

राजाले जवाफ दिए, ‘माटाको घैँटाको पानी शीतल एवं स्वादिलो थियो । त्यो पिएर म तृप्त भएँ । तर, सुनको घडाको पानी पिउनलायक थिए । तर, पहिला मलाई त्यही गिलास दिइएको थियो, त्यसैले नचाहेरै पनि पिउन बाध्य हुनुपर्‍यो ।’

महारानीले हाँस्दै भनिन्, ‘महाराज, हाम्रा प्रधानमन्त्रीले आफ्नो बुद्धि चातुर्यले तपाईंको प्रश्नको जवाफ दिनुभयो । टाढैबाट चम्किने सुनको घडाको सुन्दरता हेर्नमा छ । तर, त्यो घडा के कामको ? जसको पानी पिउनलायक नै हुँदैन । अर्कातिर माटोको घडा हेर्दा कस्तो कुरूप छ, तर त्यसमा धेरै ठूलो गुण लुकेको छ । अब तपाईं नै बताउनुस्, रूप ठूलो कि गुण एवं बुद्धि ?’ रानीको प्रश्न सुनेर राजा चन्द्रगुप्त मौन भए ।

ad
ad