१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार

सालनालसहित नवजात शिशुको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:२o:oo

मकवानपुरको मनहरीमा मंगलबार सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। 

मकवानपुर प्रहरीका अनुसार मनहरी गाउँपालिका– ७ रमौली बांगेटोलस्थित मनहरी खोला किनारमा सालनालसहित नवजात शिशुको शव फेला परेको हो।

मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले भर्खरै जन्मेजस्तो देखिने नवजात (छोरा) शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको जानकारी दिए। 

घटनास्थलमा पुगेको प्रहरी टोलीले शिशुको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याएको र घटनाको आवश्यक अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले बताए।

ad
ad